वीरगन्ज, भदौ ६।
कोरोना संक्रमणबाट वीरगन्जमा थप २ को मृत्यु भएको छ । बीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत दुई पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
पर्साको बहुदरमाई नगरपालिका बहुअरीका एक पुरुषको आज विहानै मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई उपचारकालागि विहीबार मात्र अस्पताल भर्ना गरीएको थियो ।
यसैगरी, कोरोनाकै कारण वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्ता बस्ने ५८ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
मधुमेहका पुराना रोगी मृतकमा किड्नीको पनि समस्या रहेको कार्यालयले जनाएको छ ।
मृतक पुरुषको कुनै ट्राभल हिस्ट्री नरहेको जिल्ला प्रशासनले जानकारी दिएको छ । यो समेत नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ४१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो दिउसो गरेको प्रेस ब्रिफिङमा १ सय ३७ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।
त्यसपछि पर्सामा ३ र धनुषामा १ जनाको मृत्यु भएको छ ।
0 coment rios: