काठमाडौं । नोभेल कोरोना भाइरसका एक हजार २२१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार २२१ संक्रमित थपिएको जानकारी दिए ।
जसमा ३४८ महिला र ८७३ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २६७ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार ८२२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५४ प्रतिशत रहेको छ ।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ७१७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ८२ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १० हजार ६१२ जना र होम आइसोलेसनमा ६ हजार ९०६ रहेका छन् । आजसम्म देशभर ७ हजार ७९७ जना क्वारेन्टिनमा रहेका छन् ।
बागमती प्रदेशमा १२ जना, प्रदेश ५ मा दुई जना र प्रदेश १ मा तीनजना भेन्टिलेटरमा रहेका छन् । देशभर १४४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।
0 coment rios: