काठमाडौं । वरिष्ठ उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ ।
आफूलाई कोरोना संक्रमण पुष्टि भएको उनले नै सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । पीसीआर परीक्षण गर्दा आज विहान रिपोर्ट पोजेटिभ देखिएको उनले जनाएका छन् ।
आफूलाई कुनै समस्या नभए पनि डाक्टरको सल्लाह अनुसार घरमै आइसोलेजनमा बसिरहेको उनले जनाएका छन् ।
0 coment rios: