सुनसरी । कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएको छ ।
सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिराहाको गोविन्दपुरका २२ बर्षिय युवकको हिजो मृत्यु भएको प्रतिष्ठानका प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।
भदौ २ गते अस्पताल भर्ना भएका नियमित लागु औषध सेवन समेत गर्ने ती युवाको श्वासप्रश्वासमा गम्भीर समस्या आएपछी निधन भएको जनाइएको छ ।
मृतक मुटुको दिर्घरोगी भएको समेत प्रवक्ता सापकोटाले बताउनु भएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५८ पुगेको छ ।
0 coment rios: