सिंगापुर । सिंगापुरका प्रधानमन्त्री ली हिसियन लुङले कोरोना भाइरस प्रकोपको सामना गर्न सरकारबाट गरेको गल्ती स्वीकार गर्दै माफी मागेका छन् ।
यीमध्ये महामारीका समयमा भएको एउटा त्रुटि आप्रवासी कामदारहरूसँग सम्बन्धित रहेको जनाइएको छ । महामारीका समयमा समेत एकै कोठामा २० जनाभन्दा बढीलाई राखिएका कारण पनि कोरोना फैलिएको बताइएको छ ।
संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री लुङले सरकारले अझ बढी आक्रामक र चाँडोु रुपमा कोरोनाविरुद्धको अभियान सुरु भएको र हुनुपर्ने बताएका छन् ।
हामीले सतर्कता बढायौं । एक समयको लागि यो पर्याप्त देखिन्थ्यो । तर त्यसपछि आप्रवासीहरुका विशाल समूह झुण्डहरू एकै छानामा राखिएपछि कोरोना संक्रमणको त्रास बढेको हो, उनले भने ।
सुरुमा कोरोनाविरुद्ध सफलता प्राप्त गरेकोमा प्रशंसा भएकामा पछिल्लो समय भने कोरोना संक्रमण बढेको छ । सिंगापुरमा ५६ हजार मानिसहरु कोरोना संक्रमति भएका छन् । जसमध्ये ५० हजार मानिसहरु कम तलब दिइएका आप्रवासी कामदार रहेको जनाइएको छ ।
हाल सिंगापुरले आप्रवासी छात्रावासहरु सिल गरेको छ र कोरोना परीक्षणमा तिव्रता दिएको छ । ( बीबीसी)
0 coment rios: