काठमाडौं । पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका ६८ र ८३ वर्षका दुई पुरुष, ललितपुरका ६७ वर्षका पुरुष, सुनसरीका २८ वर्षीया महिला, सिन्धुपाल्चोकका ४१ वर्षका पुरुष, दोलखाका ६५ वर्षीय पुरुष, चितवनकी ६७ वर्षीया महिला र कैलालीका ७९ वर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार १२० कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा २ हजार ४४ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।
संक्रमण निको भएर फर्किनेको संख्या ६२ हजार ७४० पुगेको मन्त्रालयले जनाएको छ ।
0 coment rios: